Comments Add Comment

निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरण फेरियो : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले निश्चित व्यक्तिलाई जोगाउन रातारात सत्ता समीकरणमा फेरबदल हुन लागेको बताएका छन् ।

मंगलबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पदाधिकारी बैठकपछि बोल्दै उनले यस्तो प्रतिक्रिया दिएका हुन् । लामिछानेले भने, ‘रातारात जे भएको छ, केही भन्नैपर्ने छैन, सबै स्पष्ट नै छ नि ।’

उनले भ्रष्टाचारको फाइल खुल्न थालेपछि ठूला दललाई एकाएक संविधान जोगाउनुपर्ने चिन्ता आएको बताए । लामिछानेले भने, ‘संविधान जोगाउन खोजेको की कसलाई जोगाउन खोजेको ? त्यति पनि बुझ्न सकिंदैन त ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै