Comments Add Comment

प्रधानमन्त्रीलाई भेट्न रास्वपा मन्त्रीहरू बालुवाटारमा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरू प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् । राजीनामा अघि प्रधानमन्त्रीसँग परामर्श गर्न सो पार्टीका नेताहरू बालुवाटार पुगेका हुन् ।

पार्टी सभापति रवि लामिछाने, उपसभापति डोलप्रसाद अर्याललगायतका नेताहरू प्रधानमन्त्रीसँगको परामर्शमा जुटेका हुन् । समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्ने र प्रधानमन्त्रीको धारणापछि राजीनामा बुझाउने उनीहरूको तयारी छ ।

हामी राजीनामा दिन तयार छौँ । तर विकसित घटनाक्रमबारे प्रधानमन्त्रीसँग परामर्श गर्नुपर्‍यो । उहाँका कुरा सुनेपछि हामी आफ्नो ढङ्गबाट अघि बढ्छौँ- उपसभापति अर्यालले भने ।

सरकारमा रास्वपाका तर्फबाट सभापति लामिछाने उपप्रधान तथा गृहमन्त्री, उपसभापति अर्याल श्रम तथा रोजगार मन्त्री, सुमना श्रेष्ठ शिक्षा मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुदमन्त्री छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै