Comments Add Comment

संसदमा प्रतिपक्षको सिटमा बस्यो एमाले

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा नेकपा एमाले प्रतिपक्षको सिटमा बसेको छ । गत असार १७ गतेदेखि नेपाली कांग्रेससँग सत्ता गठबन्धन गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको एमाले आइतबार बसेको प्रतिनिधि सभा प्रतिपक्षी दलको बेन्चमा बसेको हो ।

यसअघि बसेको एमाले बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिएको बताउँदै प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो । यसअघि असार १७ गते बसेको प्रतिनिधि सभा बैठकमा एमाले सत्तापक्षको सिटमा बसेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै