Comments Add Comment

जमेको पानीमा डुबेर २ किशोरीको मृत्यु, एक बेपत्ता

काठमाडौँ । कञ्चनपुरमा जमेको पानीमा डुबेर दुई किशोरीको मृत्यु भएको छ भने एक बेपत्ता भएकी छन् ।

सोमाबार दिउँसो पुनर्वास नगरपालिका–५ को घ गाउँमा पानी जमेर तलाउ भएको स्थानमा नुहाउने क्रममा डुबेर किशोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) उमेश जोशीले बताए ।

डीएसपी जोशीका अनुसार डुबेर मृत भेटिनेमा पुनर्वास नगरपालिका–५ की १५ वर्षीया सिर्जना बोगटी र १६ वर्षीया लक्ष्मी बोगटी रहेको जानकारी दिए । उनका अनुसार उनीहरुसँगै नुहाउन गएकी १६ वर्षीया आरती बोगटी भने बेपत्ता भएकी छन् ।

आरतीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्‍चनपुरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै