Comments Add Comment

नौबिसे-मलेखु सडकखण्ड १५ दिनसम्म राति ५ घण्टा बन्द हुने

काठमाडौं । भोलि बुधबारदेखि १५ दिनसम्म पृथ्वी राजमार्गको नौबिसे मलेखु खण्ड राति १० बजेदेखि बिहान ३ बजेसम्म बन्द हुने भएको छ ।

नागढुंगा–मुग्लिन सडक योजना (पूर्वी खण्ड) ले मंगलबार एक सूचना जारी गरी नौबिसे– मलेखु सडक खण्डमा पर्ने गणेश खोला, डाङडुङ खोला, खेस्टे खोला र पोखरे खोलाको पुलमा गर्डर राख्नुपर्ने भएकाले असार २६ देखि साउन ९ गतेसम्म राति १० देखि बिहान ३ बजेसम्म सवारी साधन आवतजावत रोकिने जनाएको छ । एम्बुलेन्स र सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधन भने चल्न पाउनेछ ।

राति यो सडक बन्द हुने बेलामा वैकल्पिक मार्गका रुपमा गल्छी बिदुर छहरे टोखा सडक प्रयोग गर्न सकिने योजनाले जनाएके छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर

Advertisment

छुटाउनुभयो कि? सबै