Comments Add Comment

प्रवास

List Grid
भारत घुम्न गएका ७ नेपालीको मृत्यु

काठमाडौँ । भारतमा घुम्नका लागि पुगेका ७ जना नेपालीको मृत्यु भएको छ । उत्तराखण्डस्थित नैनीताल जिल्लामा भएको सवारी दुर्घटनामा ७ नेपालीको मृत्यु भएको टाइम्स अफ इन्डियाले जनाएको छ । उनीहरु कञ्चनपुरको महेन्द्रनगरबाट घुम्न गएको समाचारमा उल्लेख छ ।

अमेरिका पुगेका ८ नेपाली स्वदेश फर्काइए

काठमाडौं । अवैध बाटो प्रयोग गर्दै अमेरिका पुगेका ८ नेपालीलाई अमेरिकाले नेपाल फर्काएको छ । उनीहरूलाई बिहीबार अमेरिकाले चार्टर उडानबाट काठमाडौं फिर्ता गरेको हो ।
‘१० बढी देशका अवैध बाटो हुँदै अमेरिका पुगेका नेपालीलाई डिपोर्ट गरी फिर्ता फर्काएको छ’ मानव बेचबिखन ब्यरोका प्रवक्ता ज्ञानेन्द्रप्रसाद फुयालले भने, ‘उनीहरू के कसरी गएका हुन्, कति रकम बुझाएर गएका हुन् भन्ने विषयमा थप बुझ्दै छौं ।’
 

नेपालीले जिते ८२ करोड रुपैयाँ बराबरको चिट्ठा

अबुधावी । एक नेपालीले कतारमा ८२ करोड रुपैयाँ भन्दा बढीको चिट्ठा जितेका छन् । गल्फ न्यूजका अनुसार बिग टिकट अबु धावी ड्रबाट २.३ करोड दिराम बराबरको चिट्ठा हात पारेका हुन् । अबुधावी अन्तर्राष्ट्रिय विमानस्थल नजिकै खुला कार्यक्रमबीच शुक्रबार विजेता घोषणा कार्यक्रमको आयोजना गरिएको थियो ।
रञ्जितकुमार पालले गत जनवरी १६ मा २३२९३६ नम्बरको लट्री टिकट खरिद गरेका थिए । बिग टिकटका ग्राहकहरूलाई साप्ताहिक ड्रमा समेत सहभागी हुन्छन् जसमा उनीहरुले २४ क्यारेटको एक केजी सुन पनि जित्न सक्छन् ।

अमेरिकामा एक नेपालीको गोली हानी हत्या

काठमाडौं । अमेरिकाको कोलोराडोस्थित एक कन्भिनियन्स स्टोरका मालिक भेषराज लामिछानेको गोली हानी हत्या गरिएको छ।
तनहुँ, दमौली घर भइ करिब आठ वर्षदेखि कोलोराडोमा बसोबास गर्दै आएका भेषराजको बिहीबार राति एक बन्दुकधारीले गोली चलाउँदा उनको घटनास्थलमा नै मृत्यु भएको हो। उनी सन् २०१४ मा डिभी परेर अमेरिका पुगेका थिए।
५३ वर्षीय लामिछानेको हत्यामा संलग्न सन्दिग्ध अपराधीलाई प्रहरीले घटनास्थलभन्दा केही पर पक्राउ परेका हुन्।
सन्दिग्ध अपराधीले पहिले उनमाथि आक्रमण गरेको र त्यसपछि गोली चलाएर उनको हत्या गरेको कोलोराडोस्थित हुइट्रिज प्रहरीले जनाएको छ।
सन्दिग्ध अपराधी २६ वर्षीय स्वानाथन डि एन्जेलो भएको प्रहरीले जनाएको छ।
चार सन्तानका बाबु भेषराज …

मेरिल्याण्ड राज्य विधानसभा सदस्यमा ह्यारी भण्डारी पुनस् विजयी

अमेरिकाको मेरिल्याण्ड राज्य विधायक सदस्य (विधानसभा)को दोस्रो कार्यकालका लागि डेमोक्र्याटिक उम्मेदवार डा ह्यारी भण्डारी विजयी भएका छन् । अमेरिकामा मूलधारको राजनीतिमा पहिलो खाता खोल्ने नेपाली मूलका डा भण्डारी निर्वाचनमा दोस्रो पटक पनि विजयी भएका हुन् ।
उनले कूल १२ हजार ३४४ मत ल्याएका छन् । अझै केही मतपेटिकाबाट आएका मतपत्र गन्न बाँकी रहे पनि उनलाई अफिसियल प्रोजेक्टेड विनरको रुपमा घोषणा भएको छ । उनले दोस्रो कार्यकालको लागि काम गर्ने अवसर दिएकामा मतदाता र आफ्नो क्षेत्रका बासिन्दालाई धन्यवाद दिएका छन् ।
यद्यपि संघीय रुपमा भने आधिकारिक घोषणा पछि हुनेछ । अघिल्लो कार्यकालमा गरेको …

एक महिनामा युएईमा २४ जना नेपालीको मृत्यु

काठमाडौं । एक महिनाको अवधिमा युनाइटेड अरब इमिरेट्स (युएई)मा २४ जना नेपालीको मृत्यु भएको छ । गत साउन महिनामा उनीहरुको मृत्यु भएको युएई स्थित नेपाली दूतावासले जनाएको छ । मृत्यु हुनेहरु वैदेशिक रोजगारीको सिलसिलामा युएई जानेहरू हुन् ।
गत आर्थिक वर्ष २०७८/७९ मा वैदेशिक रोजगारीको सिलसिलामा युएई गएकामध्ये १७४ जनाले ज्यान गुमाएका थिए । ज्यान गुमाउनेमध्ये १६७ जनाको शव नेपाल ल्याइएको थियो भने ७ जनाको अन्तिम संस्कार युएईमा नै गरिएको थियो ।
गत आर्थिक वर्ष युएईमा मृत्यु भएकाको परिवारलाई सम्बन्धित कम्पनीले क्षतिपूर्ति स्वरुप ३२ लाख ७५ हजार ७६३ युएई दिराम प्रदान गरेका …

बस दुर्घटना हुँदा ४ नेपालीको मृत्यु, २४ जना घाइते

काठमाडौं । भारतको बराबंकी जिल्लामा रोकिराखेको बसलाई ट्रकले ठक्कर दिंदा ४ जना नेपालीको मृत्यु भएको छ । दुर्घटनामा २४ जना घाइते भएका छन् । घाइते मध्ये ६ जनाको अवस्था चिन्ताजनक रहेको छ ।
रुपैडिहाबाट गोवातर्फ जाँदै गरेको बसलाई उत्तर प्रदेशको बाराबंकी जिल्लास्थित रामनगर थाना क्षेत्रको महंगुपुर गाउँ नजिक शनिबार बिहान ट्रकले ठक्कर दिएको थियो ।
टाइम्स अफ इन्डियाका अनुसार घाइतेको बाराबंकी जिल्ला अस्पताल र लखनउस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
गोवा जाँदै गर्दा युपी९३बि.टि. ९९४४ नम्बरको डबल सिटे बसको टायर पन्चर भएपछि सडक छेउमा रोकेर चालकले टायर फेर्दै थिए । त्यसैबेला पछाडिबाट …

कोरियामा १३ नेपाली पक्राउ

काठमाडौं । दक्षिण कोरियामा अवैध रुपमा काम गरिरहेका १३ जना नेपाली पक्राउ परेका छन् । दक्षिण कोरियाको अध्यागमन ऐन उल्लंघन गरेको आरोपमा नेपालीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेका नेपालीहरुको नाम ठेगाना भने खुलेको छैन । ती सबै नेपालीहरुलाई नेपाल फर्काउने योजना बनाइएको सुवन अध्यागमन कार्यालयले जनाएको छ ।
अध्यागमन अधिकारीका अनुसार चार जना नेपालीहरु कृषि तथा माछा पालन मौसमी काम (इ–८)को रुपमा प्रवेश गरी ठेक्का अवधि नपुग्दै गैरकानुनी रुपमा अर्को ठाउँमा काम गरिरहेको बेला पक्राउ परेका छन् । अन्य नौ जना बसाइँ अवधि सकिएपछि पनि दक्षिण कोरिया नछाडेका कारण पक्राउ परेका …

रुस–युक्रेन युद्धबाट प्रभावित ५६२ जना नेपाली सुरक्षित स्थानमा

रुस–युक्रेन युद्धबाट प्रभावित ५६२ जना नेपालीहरु सुरक्षित स्थानमा पुगेका पुगेका छन् । गैरआवासीय नेपाली संघ, रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवं उद्दार उच्चस्तरीय समितिका अनुसार युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायतको देशमा पुगेका हुन् ।
हालसम्म पोल्याण्डमा ४४३ जना, स्लोभाकिया ७८ जना, रोमानियामा २४, हंगेरीमा १३ जना, र ४ माल्दावा पुगेको जनाइएको छ । युक्रेन युद्धबाट बिस्थापित भइ बिभिन्न देशका सीमाबाट निस्किएका नेपालीहरु सुरक्षित बसोबास र भविष्यका लागि तेस्रो मुलुक तिर जागेका छन् ।
ती मध्ये करिब ४ दर्जन नेपाली गैरआवासीय नेपाली संघ पोर्चुगलको सम्पर्क …