Comments Add Comment

अर्थनीति

List Grid
घोराही उपमहानगरपालिकाले ल्यायो २ अर्ब ३२ करोडको बजेट

काठमाडौं, १० असार । घोराही उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/८० का लागि २ अर्ब ३२ करोड ९० लाखको बजेट ल्याएको छ । गत अर्थिक बर्षमा उपमहानगरले २ अर्ब २० करोड २८ लाख बजेट ल्याएको थियो । गत वर्षको तुलनामा यस आर्थिक बर्षमा १२ करोड बजेट बढेको छ ।
शुक्रबार दोस्रो नगरसभाको पहिलो अधिवेशनमा उपप्रमुख हुमा डिसीले चालू तर्फ १ अर्ब २५ करोड ४० लाख ८१ हजार र पूँजीगत तर्फ १ अर्ब ७ करोड ४९ लाख १० हजारको बजेट प्रस्तुत गरिन्।
उक्त बजेटको खर्च बेहोर्ने स्रोत मध्ये आन्तरिक आयव्ययबाट ३२ करोड, संघीय वित्तिय …

थाहा नगरपालिकाद्वारा १ अर्ब ८ करोड ८४ रुपैयाँको बजेट सार्वजनिक

काठमाडौं, १० असार । मकवानपरको थाहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०७९/०८० का लागि कुल १ अर्ब ८ करोड ८४ लाख ७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शुक्रबारको ११ औं नगरसभा अधिवेशनमा उपमेयर भरत गोपालीले आगामी आर्थिक वर्षका लागि सो बजेट प्रस्तुत गरेका हुन् ।
उनले प्रस्तुत गरेको कुल बजेटमध्ये चालुतर्फ ९ करोड ९७ लाख ५४ हजार रुपैयाँ, पुँजीगततर्फ ५१ करोड ७२ लाख १३ हजार रुपैयाँ, सशर्ततर्फ ३२ करोड १४ लाख ४० हजार रुपैयाँ र सामाजिक सुरक्षातर्फ १५ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
थाहा नगरपालिकाले आन्तरिक कर तथा राजश्वबाट १९ …

काठमाडौं महानगरले ल्यायो २५ अर्ब ४१ करोड बजेट

काठमाडौं, १० असार । देशकै केन्द्रमा रहेको काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्षका लागि कुल २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजार रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । शुक्रबार नगरसभामार्फत उपमेयर सुनिता डंगोलले उक्त बजेट प्रस्तुत गरेकी हुन् ।
विनियोजित कुल बजेट मध्ये आर्थिक विकास कार्यक्रमका लागि ५० करोड २१ लाख २४ हजार विनियोजन गरिएको महानगरले जनाएको छ । जुन कुल विनियोजित बजेटको २.२४ प्रतिशत हो । यस्तै, कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चका लागि ४ करोड ६८ लाख ९८ लाख ६० हजार छुट्याइएको छ । जुन कुल बजेटको २०.९६ प्रतिशत …

ललितपुर महानगरले ल्यायो ६ अर्ब ३५ करोडको बजेट

काठमाडौं, १० असार । ललितपुर महानगरपालिकाले ६ अर्ब ३५ करोड ३५ लाख रुपैयाँको बजेट ल्याएको छ । ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले प्रस्तुत गरेको आर्थिक वर्ष २०७९/०८०को नीति तथा कार्यक्रमपछि बजेट आएको हो ।
ललितपुर महानगरले कल सेन्टर चलाउने नीति तथा बजेटमा रहेको छ । यस्तै महानगरपालिकाबाट कालोपत्रे भएको भएका सडकहरु कम्तिमा २ वर्षसम्म खन्न स्वीकृती नदिने महानगरले लिएको छ ।
यस्तै ललितपुर महानगरपालिकाले उपभोक्ता समितिबाट निर्माण गराउँदा विश्व सम्पदा सूचीमा परेका बाहेक अन्य सबै योजनामा लागत जनसहभागिता १० प्रतिशत अनिवार्य गरिने नीतिमा लिइएको छ ।

वीरगञ्ज महानगरद्वारा ३ अर्ब ३३ करोड ६३ लाखको बजेट प्रस्तुत

काठमाडौं, १० असार । वीरगञ्ज महानगरपालिकाको नगरसभामा आर्थिक वर्ष २०७९–८० का लागि ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । उपप्रमुख इम्तियाज आलमले आर्थिक वर्ष २०७९–८० का लागि उक्त बजेट प्रस्तुत गरेका हुन् ।
शुक्रबार वीरगञ्जमा आयोजित नगरसभामा उपप्रमुख आलमले चालूतर्फ रु २ अर्ब ६ करोड ९८ लाख ५० हजार र पूँजीगततर्फ १ अर्ब २६ करोड ६४ लाख ७५ हजार गरि जम्मा रु ३ अर्ब ३३ करोड ६३ लाख २ हजार बराबरको वार्षिक बजेट प्रस्तुत गरेका छन् ।
महानगरले आन्तरिक आयबाट ९५ करोड रुपैयाँ, संघीय सरकारको …

सुदूरपश्चिम र मधेश सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गर्दै

काठमाडौं, २२ जेठ । सुदूरपश्चिम र मधेश प्रदेश सरकारको नीति तथा कार्यक्रम आज सार्वजनिक हुँदै छ । आर्थिक वर्ष २०७९/८० का लागि नीति तथा कार्यक्रम ल्याउन दुवै प्रदेश सभाको बैठक आज अपराह्न चार बजे आह्वान गरिएको छ ।
मधेश प्रदेशको नीति तथा कार्यक्रम प्रदेश प्रमुख हरिशंकर मिश्रले तथा सुदूरपश्चिम प्रदेश सभाको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सभामा प्रस्तुत गर्ने कार्यक्रम छ ।
दुवै प्रदेश सरकारले नीति तथा कार्यक्रममा कृषि, शिक्षा, स्वास्थ्य र रोजगारीलाई प्राथमिकतामा राखेका छन् । नीति तथा कार्यक्रमको आधारमा नै बजेट ल्याउने गरिन्छ । प्रदेश सरकारले हरेक …

बजेटले चुनावमा उथलपुथल गर्दैन : अर्थमन्त्री शर्मा

काठमाडौं, २० जेठ । अर्थमन्त्री जनार्दन शर्माले बजेटले निर्वाचनलाई उथलपुथल गराउने गरी प्रभाव नपार्ने बताएका छन् । बजेटमाथिको छलफलमा संसदमा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री शर्माले बजेट चुनाव केन्द्रित भएको एमाले सांसदहरुको जवाफमा यस्तो बताएका हुन् ।
बजेटमा विगतका कार्यक्रमले निरन्तरता पाएको भन्दै उनले भने, ‘संविधानमा यति महिनाको मात्र बजेट ल्याउने बारे मैले कही‌ं कतै केही प्रावधान देखिन, जस्तोसुकै अवस्थामा पनि बजेट वार्षिक रुपमै आउँछ, निर्वाचन हुन्छ, नयाँ सरकार बन्छ, बजेटको कार्यान्वयनको प्रक्रियाले समग्र रुपमा उथलपुथल हुन्न ।’ उनले सबैसँग छलफल र बहस गरेरै बजेट ल्याएको स्पष्ट पारेका छन ।
इन्डक्सन चुलो …

बागमती प्रदेशको नीति तथा कार्यक्रम आज सार्वजनिक गरिँदै

काठमाडौं, १६ जेठ । बागमती प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । सरकारले बागमती प्रदेशसभाबाट आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सार्वजनिक गर्नेछ ।
प्रदेश सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्नका लागि सोमबार दिउँसो २ बजे प्रदेशसभाको बैठक आह्वान गरेको छ । प्रदेशसभाको १० औँ अधिवेशनको पाँचौँ बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । उक्त बैठकमा सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछन् भने प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले त्यसलाई सदनमा टेबुल गर्नेछन् ।
प्रदेश सरकारले आगामी आर्थिक …

अब ६८ वर्षमै वृद्धभत्ता

काठमाडौं, १५ जेठ । सरकारले वृद्धभत्ता पाउने उमेर ६८ वर्षमा झारेको छ । हाल ७० वर्ष उमेर पुगेकाहरुले मात्रै वृद्ध भत्ता पाउँदै आएकोमा अब ६८ वर्ष पुगेकाहरुले नै वृद्ध भत्ता पाउनेछन् ।
अर्थमन्त्री जनार्दन शर्माले आज २०७९/८० को बजेट संघीय संसदमा बजेट प्रस्तुत गर्दै ६८ वर्षमै वृद्ध भत्ता पाउने घोषणा गरेका छन । साथै सामाजिक सुरक्षा भत्ता नलिने स्वघोषणा गर्नेलाई सम्मान गर्ने पनि मन्त्री शर्माले बताएका छन ।
यसअघि सरकारले ६५ वर्षमै वृद्धभत्ता दिनेबारे छलफल चलाएको थियो । तर, बजेटमा ६८ वर्ष पुगेकालाई मात्रै दिने गरी व्यवस्था भएको हो ।
यसअघि २०७४ सालमा …