Comments Add Comment

बैँक / वित्त

List Grid
मौद्रिक नीति सार्वजनिक, बैंकदर १ प्रतिशतले घट्यो (पूर्णपाठ)

काठमाडौं, २९ वैशाख । नेपाल राष्ट्र बैंकले बैंकदरलाई घटाएर मौद्रिक नीतिको कार्यदिशालाई केही लचिलो बनाएको छ । शुक्रबार चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै बैंकदरलाई ८.५ प्रतिशतबाट घटाएर ७.५ प्रतिशत कायम गरेको छ ।
नीतिगत दरलाई ७ प्रतिशतमा यथवात राख्दै बैंकदर घटाएको केन्द्रीय बैंकले जनाएको छ । ‘मौद्रिक नीतिको कार्यदिशालाई मुद्रास्फीति र विदेशी विनिमय सञ्चितिको वर्तमान अवस्था र सम्भावित परिदृश्यको आधारमा समष्टिगत आर्थिक स्थायित्व कायम राख्दै आन्तरिक आर्थिक गतिविधिहरु चलायमान बनाउन सहयोग पुर्याउने गरी सजगतापूर्वक केही लचिलो बनाइएको छ,’ केन्द्रीय बैंकले मौद्रिक नीति समीक्षामा भनेको छ ।
मौद्रिक …

४४ प्रतिशतले बढ्यो एभरेष्ट बैंकको नाफा

काठमाडौं, १२ साउन । गत आर्थिक वर्ष २०७८/७९ मा एभरेष्ट बैंकको नाफा ४३.७७ प्रतिशतले वृद्धि हुँदा साढे दुई अर्ब नाघेको छ ।
तरलता (लगानी योग्य पुँजी) अभावका बीच बैंकको व्यवसाय विस्तार र स्प्रेड रेमा भएको वृद्धिले बैंकको खुद ब्याज आम्दानी र शुल्क तथा अन्य आम्दानीमा उल्लेख्य वृद्धि भएको छ । जसले बैंकको सञ्चालन मुनाफा सँगै नाफमा पनि उल्लेख्य वृद्धि भएको हो ।
बैंकले प्रकाशित गरेको गत आर्थिक वर्षको अपरिस्कृत वित्तीय विवरण अनुसार दुई अर्ब ५४ करोड ६१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७७/७८ मा बैंकले एक अर्ब …

राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

काठमाडौं, २९ भदौ । राष्ट्रिय वाणिज्य बैंकको ८ दशमलव ५ प्रतिशत आरबिबिएल डिबेञ्चर २०८३ नामको ऋणपत्र नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से०मा सूचीकृत भएको छ । सोमबार बैंक र नेप्सेबीचको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठ र नेप्सेका निमित्त प्रमुख कार्यकारी अधिकृत निरन्जन फुयालले हस्ताक्षर गरेका छन् ।
बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८ दशमलव ५० प्रतिशत ब्याजदरको कुल दुई अर्ब ५० करोड रुपैयाँ (२५ लाख कित्ता)मूल्य बराबरको ऋणपत्र गत २८ जेठदेखि ८ असारसम्म बिक्री गरेको थियो । यस ऋणपत्रको ब्याज अर्धवार्षिक रुपमा भुक्तानी गरिने छ ।
उक्त सम्झौतापत्र आदानप्रदान …

धितोमा राखेको सुन ५ वर्षपछि ‘नक्कली सुन’ भनेपछि………

काठमाडौं, १४ भदौ । महालक्ष्मी विकास बैंकको कुमारीपाटी शाखाबाट ललितपुर महानगरपालिका–११ चाकुपाट घर भएकी विष्णु महर्जनले ऋण लिएकी थिइन् । २०७२ मा ऋण लिँदा उनले २५ तोला सुन धितोमा राखिन् । ५ वर्षपछि ऋण चुक्ता गरेर सुन फिर्ता माग्दा बैंकको जवाफले उनी छाँगाबाट खसेजस्तै भइन् ।
‘कुमारीपाटी शाखाका प्रबन्धकले सुन नक्कली रहेछ फिर्ता दिन मिल्दैन भने’ विष्णु महर्जनले भनिन्, ‘त्यतिबेला बैंकले मेरो गहना जाँचेर लिएको थियो तर,अहिले ऋण तिरेपछि कसरी नक्कली भयो ?’
धितोमा राखेको सुन पाँच वर्षपछि कुमारीपाटी शाखाका प्रबन्धक सुनिल कुमार नेपालले ‘नक्कली’ भनेर फिर्ता दिन अस्वीकार गरेपछि महर्जनले महानगरीय …

१४ अर्ब ३४ करोड बराबरको आइपिओ बिक्रीका लागि अनुमति

काठमाडौं, १९ असार । नेपाल धितोपत्र बोर्डले चालु आर्थिक वर्षको हालसम्म कूल १८ कम्पनीलाई साधारण शेयर (आइपिओ) बिक्रीको अनुमति दिएको छ । बोर्डको विवरणअनुसार पछिल्लोपटक युनियन लाइफ इन्स्योरेन्स कम्पनीले अनुमति पाएको छ । सो कम्पनीले रु ६४ करोड ५० लाख बराबरको ६४ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री गर्न पाउने अनुमति पाएको छ ।
बोर्डले दिएका अनुमतिका आधारमा हेर्दा कूल रु १४ अर्ब ३४ करोड २३ लाख २५ हजार १०० बराबरको साधारण शेयर बिक्री हुनेछ । पछिल्ला दिनमा नेपालको धितोपत्र बजारमा विस्तारित भएको छ । बोर्डका अनुसार २०७७ असारमा कूल …

सेयर बजारमा ऐतिहासिक रेकर्ड, अहिले सम्मकै धेरै कारोबार

काठमाडौं, १० जेठ । गत वर्षको लकडाउन पछि उछाल आएको सेयर बजार पछिल्लो समय एक पछि अर्को रेकर्ड कायम गर्न थालको छ । सोमबार सेयर कारोबार मापक नेप्से परिसूचक २ हजार ८ सय २० नाघेर कायम रेकर्ड राखेको बजारले मंगलबार नयाँ रेकर्ड राखेको छ ।
मंगलबार नेप्से परिसूचकसँगै सेयर कारोबार रकमले ऐतिहासिक रेकर्ड राखेको हो । मंगलबार एकैदिन १३ अर्ब रुपैयाँ भन्दा धेरै सेयर किनबेच भएको छ । यो नेपाली सेयर बजारको इतिहासमै एकैदिन भएको सबैभन्दा धेरै ठूलो कारोबार हो ।
उता नेप्से परिसूचक झिनो अंकले बढे पनि नयाँ रेकर्ड कायम भएको …