×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन जागरण –विशेष

राजनीति

कांग्रेसले बोलाएको विपक्षी दलको बैठक सुरु

कांग्रेसले बोलाएको विपक्षी दलको बैठक सुरु

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलले बोलाएको विपक्षी दलको बैठक सुरु भएको छ । मंगलबार सिंहदरबारस्थित कांग्रेसको संसदीय दलको कार्यालयमा विपक्षी दलको बैठक सुरु भएको हो ।

बैठकमा कांग्रेसका तर्फबाट प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङदेम्बे, प्रमुख सचेतक वासना थापा, सचेतक निश्कल राई, नेकपा एमालेका तर्फबाट संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’, दलको उपनेता पद्मा अर्याल र प्रमुख सचेतक ऐन महर, नेपाली कम्युनिस्ट पार्टीका तर्फबाट वर्षमान पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट खुश्बु ओलीसहितका नेता सहभागी छन् ।

आज विपक्षी दलको अवरोधपछि सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभा बैठक बुधबारसम्मका लागि स्थगित गरेका थिए । त्यसपछि कांग्रेसले अहिले विपक्षी दलको बैठक बोलाएको हो ।

प्रतिकृया दिनुहोस्