पोखरामा कर्फ्यु आदेश जारी
भदौ २४, २०८२काठमाडौं । जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा आज बिहान १० बजेदेखि लागू हुने गरी कर्फ्यु आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिहान १० बजेदेखि लागू हुने गरी राति १० बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेकी हुन् । कर्फ्यु जारी गरिएको क्षेत्र पोखरा महानगरपालिकाका ९, २, १ र ६ नम्बरवडा पर्छन् । यी क्षेत्रमा कर्फ्यु अवधिभर धर्ना, घेराउ, जुलुस, प्रदर्शन तथा सभा जस्ता विरोधका कार्यक्रम गर्न निषेध गरिएको छ ।
सबै पढ्नुहोस