सिमलतालबाट खाने तेल बोकेको ट्रक त्रिशूलीमा खस्यो
भदौ ३०, २०८१काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–१९ स्थित सिमलतालको २५ किलो भन्ने ठाउँबाट ट्रक त्रिशूलीमा खसेको छ । ना.६ ख ६२८३ नम्बरको ट्रक नदी किनारमा खसेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले बताए । खाने तेल बोकेर सिमराबाट काठमाडौँ आउँदै गरेको ट्रक दुर्घटना भएको हो । घटनास्थलमा प्रहरी पुगेर खोज तथा उद्धार सुरु गरेको डीएसपी रिजालले बताए ।
सबै पढ्नुहोस