६९.८० अंकले बढ्यो सेयर बजार
माघ २०, २०८१काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार ६९.८० अंक (२.६२ प्रतिशत) बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २७२७ मा कायम भएको छ । बजारको यो अंक पछिल्लो दुई महिना (मंसिर २०) यताकै उच्च हो । साथै कारोबार रकम पनि उच्च देखिएको छ । गत साता बजार बन्द हुँदाको दिन ९ अर्ब ४० करोडको कारोबार भएकोमा आज १२ अर्ब ९५ करोडको भयो । आज कारोबार खुलेदेखि नै बजार निरन्तर उकालो लाग्यो । २०२ कम्पनीको मूल्य बढ्दा ३७ को घट्यो भने ३ को स्थिर रह्यो ।
सबै पढ्नुहोस