बागमती प्रदेश सरकारको छ महिनामा पुँजीगत खर्च ८.९९ प्रतिशत मात्र
माघ ४, २०८२बागमती । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को छ महिनाको अवधिमा आठ दशमलव ९९ प्रतिशत मात्र पुँजीगत खर्च गरेको छ । आर्थिक मामिला तथा योजना मन्त्रालयका अनुसार प्रदेश सरकारले चालु आव २०८२/८३ को साउनदेखि पुससम्ममा कूल बजेटको करिब १४ दशमलव १० प्रतिशत खर्च गरेको छ । जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा २ दशमलव १७ प्रतिशत कम खर्च भएको हो ।
सबै पढ्नुहोस