×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

साउनदेखि कात्तिकसम्म साढे ५ अर्बको धानचामल आयात

साउनदेखि कात्तिकसम्म साढे ५ अर्बको धानचामल आयात

काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ पहिलो चार महिना (साउन–कात्तिक) मा करिब साढे ५ अर्ब रुपैयाँ बराबरको धानचामल आयात भएको छ ।

भन्सा विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार उक्त अवधिमा ५ अर्ब ४१ करोड ४८ लाख २१ हजार रुपैयाँ बराबरको ६८ हजार २ सय २७ टन (६ करोड ८२ लाख २७ हजार ३ सय ९९ किलो) धानचामल आयात भएको छ ।

साउनदेखि कात्तिक मसान्तसम्म वैदेशिक व्यापार तथ्यांक अनुसार गत आव २०८२/८३ को सोही अवधिको तुलनामा धानचामल आयात परिमाणमा ६३.१६ र मूल्यमा ४६.८३ प्रतिशत भारी गिरावट आएको छ ।

गत आव पहिलो चार महिनामा १० अर्ब १८ करोड ४९ लाख ९ हजार बराबरको १ लाख ८५ हजार १ सय ९८ टन धानचामल भित्रिएको थियो ।

अघिल्लो वर्षको तुलनामा चालु आव सोही अवधिमा धानचामल आयात परिमाण १ लाख १६ हजार ९ सय ७० टन र मूल्य ४ अर्ब ७७ करोड ८८ हजार रुपैयाँ घटेको हो ।

चालु आव साउन–कात्तिक अवधिमा १ अर्ब ३ करोड ६९ लाख ९६ हजार रुपैयाँ बराबरको २२ हजार ९ सय २ टन धान मात्रै आयात भएको छ ।

यसमा १ अर्ब ३ करोड ६४ लाख ९५ हजारको २२ हजार ९ सय २ टन र ५ लाख १ हजार रुपैयाँको ६७ किलो धानको बिउ समावेश छ ।

गत आव पहिलो चार महिनामा भने ३ अर्ब ५९ करोड ९० लाख १६ हजार ९६ हजार ९ सय ७० टन धान आयात भएको थियो । जसमा ३ अर्ब ५९ करोड ६७ लाख ५९ हजारको ९६ हजार ९ सय १३ टन धान र २२ लाख ५७ हजारको ५६।५ टन धानको बिउ थियो ।

तथ्यांक तुलना गर्दा गत वर्षको तुलनामा यस वर्ष धान आयात परिमाण ७४ हजार ६७ टन र मूल्य २ अर्ब ५६ करोड २० लाख २० हजार रुपैयाँ घटेको छ ।

यस्तै चालु आव चार महिनामा चामल मात्रै (खैरो चामल, बासमती, अन्य चामल र कनिका सहित) ४ अर्ब ३७ करोड ७८ लाख २५ हजार बराबरको ४५ हजार ३ सय २४ टन आयात भएको छ ।

गत आव सोही अवधिमा ६ अर्ब ५८ करोड ५८ लाख ९३ हजारको ८८ हजार २ सय २७ टन चामल आयात भएको थियो । अघिल्लो वर्षको तुलनामा चामल आयात ४२ हजार ९ सय ३ टन र मूल्य २ अर्ब २० करोड ८० लाख ६८ हजार रुपैयाँ घटेको छ ।

चामलका विभिन्न प्रकारमध्ये चालु आव चार महिनामा बासमती चामल मात्रै २ अर्ब ४५ करोड ८४ लाख ९९ हजार रुपैयाँको १८ हजार ९८ टन आयात भएको छ ।

गत वर्ष सोही अवधिमा २ अर्ब ४४ करोड ८१ लाख ७५ हजार बराबरको २२ हजार ८८ टन बासमती चामल भित्रिएको थियो ।

बासमती बाहेक अन्य सेमिमिल्ड वा होल्लीमिल्ड चामल आयात भने उल्लेख्य घटेको छ । गत वर्ष ४ अर्ब ४ लाख ७९ हजार रुपैयाँ बराबरको ६२ हजार ८ सय ८३ टन आयात भएको चामल चालु आव चार महिनामा १ अर्ब ८९ करोड २० लाख ९९ हजारको २६ हजार ५ सय ७५ टनमा झरेको छ ।

त्यसैगरी कनिका आयात गत वर्षको १३ करोड ३२ लाख १९ हजार रुपैयाँ (३ हजार २ज सय ५२ टन) बाट यस वर्ष २ करोड ७१ लाख ९ हजार रुपैयाँ (६ सय ४९ टन) मा सीमित भएको छ ।

खैरो चामल पनि गत वर्ष ४ लाख २० हजार रुपैयाँको ३.४ टन आएकोमा यस वर्ष १ लाख १८ हजार रुपैयाँको शून्य दशमलव ८ टन मात्रै आयात भएको छ ।

चालु आव चार महिनामा धानचामल आयातबाट कुल ४४ करोड ६२ लाख ६८ हजार बराबर राजस्व संकलन भएको छ । गत आव सोही अवधिमा भने कुल ७७ करोड ४१ लाख ३२ हजार राजस्व संकलन भएको थियो ।

नेपालको धानचामल आयातमा यस अवधिमा पनि भारतकै एकछत्र वर्चस्व देखिएको छ ।

प्रतिकृया दिनुहोस्