ओलीलाई बालेनको जवाफ : ‘हत्याराको मतियारसँग एउटै मञ्चमा उभिदिनँ’
माघ ११, २०८२काठमाडौँ । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले यस्तो बहसमा सहभागी हुन तयार रहेको घोषणा गरेपछि झापा-५ बाट ओलीसँग चुनावी प्रतिस्पर्धामा उत्रिएका राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाहले ओलीसँग एउटै मञ्चमा उभिन अस्वीकार गरेका छन् । अध्यक्ष ओलीले आइतबार बिहान सामाजिक सञ्जालमार्फत देश बनाउने र देश जलाउने शक्तिबीच प्रतिस्पर्धा भइरहेको भन्दै आफू पारदर्शी बहसका लागि तयार रहेको बताएका हुन्।
सबै पढ्नुहोस