समाजवादीका सांसद थापाले संसद बैठकमै च्याते बजेट पुस्तिका
असार ५, २०८२काठमाडौं । नेकपा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले आर्थिक वर्ष २०८२/८३ को बजेट पुस्तिका संसद बैठकमै च्यातेका छन् । उनले अहिलेको बजेट उल्टो बाटोबाट हिँडेको भन्दै उनले संसद बैठकभित्रै बजेट पुस्तिका च्यातेका हुन् । खासगरी भौतिक पूर्वाधार मन्त्रालयको बजेटले दैलेखमात्र होइन धेरै तिरका जनतालाई सम्बोधन गर्न नसकेको उनले बताए । बजेट नेतामुखी र मन्त्रीमुखी भएको आरोप उनले लगाए ।
सबै पढ्नुहोस