१८.०७ अंकले बढ्यो सेयर बजार
भदौ २२, २०८३काठमाडौं । साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार १८.०७ अंक बढेको छ । आजको कारोबारपछि नेप्से २५६० अंकमा कायम भएको छ । योसहित लगातार चौथो दिन सेयर बजार हरियो अंकमा बन्द रह्यो । अघिल्लो कारोबार दिन ४.६६ अंक बढेको थियो । बजारको उतारचढाव आज न्यून रह्यो । दिनभर न्यूनतम अंक २५४२ देखि अधिकतम २५६५ अंकको बीचमा नेप्से रह्यो । कारोबार रकम सामान्य बढेको छ । अघिल्लो दिन ३ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ३ अर्ब ८३ करोडको भयो । १९५ कम
सबै पढ्नुहोस