×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

शेयर बजार

सेयर बजारमा सामान्य सुधार

सेयर बजारमा सामान्य सुधार

काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक बिहीबार सामान्य अंक बढेको छ । हरेक दिन घटेको नेप्से बिहीबार भने ०.२६ अंक मात्रै बढेको हो ।

यो साता नेप्सेमा कारोबार भएका सोमबार, मंगलबार र बुधबार बजार सूचक घटेको थियो । बिहीबार भने बैंक तथा वित्तीय संस्थाको सेयर मूल्य बढेपछि त्यसको सकारात्मक प्रभाव नेप्से सूचकमा देखिएको हो ।

नेप्सेमा बैंकिङ, विकास बैंक तथा फाइनान्स कम्पनीको सेयर मूल्य बढेको छ । यस दिन नेप्सेमा कारोबार भएका १ सय ३९ कम्पनीको सेयर मूल्य बढेको छ ।  तर, १ सय २८ कम्पनीको सेयर मूल्य घटेको छ भने १२ कम्पनीको मूल्यमा कुनै परिवर्तन नभएको नेप्सेले जनाएको छ ।

बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । नेप्सेमा ४ अर्ब ८९ करोड रुपैयाँ बराबर सेयर कारोबार भएको छ । यो कारोबार रकम बुधबारको तुलनामा धेरै हो । बुधबार नेप्सेमा ४ अर्ब ७६ करोड बराबरको सेयर खरिद बिक्री भएको थियो ।

बिहीबार पनि धेरै सेयर मूल्य बढ्ने कम्पनीमा सिन्धु विकास बैंक छ । बुधबार पनि सिन्धुको सेयर मूल्य १४ प्रतिशतभन्दा धेरै बढेको थियो । बिहीबार पनि यसको सेयर मूल्य १०.८१ प्रतिश बढेको छ ।

बिहीबार नेप्सेमा कारोबार भएका समूहगत परिसूचकमध्ये बैंकिङ ५.९२, विकास बैंक १२.१९, वित्त ४.२३ र जलविद्युत् समूह १.३० अंक बढेका छन् ।

तर होटल ९.९८, जीवन बीमा १२.७०, उत्पादनमूलक ८.३३, लघुवित्त १.३२, सामूहिक लगानी कोष ०.०५, निर्जीवन बीमा ४८.२४, अन्य ५.९२ र व्यापार समूह ३४.३२ अंक घटेका छन् ।

प्रतिकृया दिनुहोस्