×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

खेलकुद

पदक विजेता महिला कबड्डी टोली स्वदेश फिर्ता

पदक विजेता महिला कबड्डी टोली स्वदेश फिर्ता

काठमाडौं । जापानमा भएको २०औं एसियन गेम्समा कांस्य पदक जित्न सफल नेपाली महिला कबड्डी टोली स्वदेश फर्किएको छ ।

थाइ एयरमार्फत नेपाली टोली बुधबार दिउँसो स्वदेश फर्किएको हो । दुई दिनअघि आउने तय भएपनि थाइल्यान्डमा बाढीले उडान प्रभावित हुँदा नेपाली टोली उतै रोकिएको थियो ।

टोलीलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्य सचिव रामचरित्र मेहतासहितको टोलीले स्वागत गरेको थियो । नेपालले थाइल्यान्ड र श्रीलंकालाई हराएर सेमिफाइनल पुग्दै कांस्य पदक हात पारेको थियो ।

नेपाल सेमिफाइनलमा भने भारतसँग पराजित हुन पुग्यो । नेपाली महिला कबड्डीले यसअघि १९औं एसियन गेम्समा पनि कांस्य पदक जितेको थियो ।

प्रतिकृया दिनुहोस्