×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

जापान पठाउने भन्दै ११५ जनाबाट करिब ३ करोड ठगी

जापान पठाउने भन्दै ११५ जनाबाट करिब ३ करोड ठगी

काठमाडौं । जापान पठाउने भन्दै करिब ११५ जनाबाट करिब ३ करोड ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुरको महालक्ष्मी नगरपालिका–७ का २९ वर्षीय प्रतीक बुढाथोकी छन् । उनलाई बुटवलबाट पक्राउ गरिएको प्रहरीले बताएको छ । बुढाथोकीले जापान पठाउने भन्दै ११५ जनाबाट २ करोड ८० लाख ठगी गरेको आरोप छ । यो कसुरमा उनीविरुद्ध वैदेशिक रोजगार विभागबाट पक्राउ पुर्जी जारी भएको थियो ।

उनी गेट्बाई इन्टरनेशनल प्रालिका सीईओ रहेको प्रहरीले बताएको छ । उनीविरुद्ध वैदेशिक ठगीको कसुरमा अनुसन्धान अघि बढेको छ ।
 

प्रतिकृया दिनुहोस्