काठमाडौं । उमा भुजेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा समाहित हुने भएको छ। दुवै पार्टीबीच मंगलबार दिउँसो १ बजे कोटेश्वरस्थित नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा एकता घोषणा गर्ने कार्यक्रम छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीबाट विद्रोह गरी उमा भुजेलको नेतृत्वमा राष्ट्रिय भेला आयोजना गरिएको थियो । उक्त भेलाले भुजेलको नेतृत्वमा १०५ सदस्यीय केन्द्रीय समिति गठन गरेको थियो।
कम्युनिस्ट आन्दोलनमा एकता, सहकार्य र ध्रुवीकरणको प्रक्रियालाई अगाडि बढाउने उद्देश्यसहित हुन लागेको यस एकताले दुई पार्टीका नेता तथा कार्यकर्तालाई एउटै राजनीतिक संगठनमा समेट्नेछ ।