काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्य स्थिर छ भने चाँदीको मुल्य घटेको छ । आज सुन प्रतितोला दुई लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । सोमबार पनि सुन सोही मुल्यमा कारोबार भएको थियो । आज चाँदी तोलामा १५ रुपैयाँँ घटेर प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँमा कारोबार भैरहेको छ ।