×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

भारत लैजान लागेको १५७ किलो गाँजा बरामद

भारत लैजान लागेको १५७ किलो गाँजा बरामद

सिरहा । सिरहामा सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागुऔषध गाँजा बरामद गरेको छ। सशस्त्र प्रहरी बल नेपाल नं। ७ गण हेडक्वार्टर सिरहाबाट खटिएको मोबाइल गस्ती टोलीले औरही गाउँपालिका-४, इट्टाटारस्थित सीमा इलाकाबाट १५७ किलो २०७ ग्राम गाँजा बरामद गरेको हो।

सशस्त्र प्रहरीका अनुसार बुधबार बिहान करिब १:३५ बजे नेपालबाट अवैध रूपमा टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा गस्ती टोलीलाई देखेपछि गाँजा बोकेका व्यक्तिहरू गाँजा छाडेर फरार भएका थिए।

गस्ती टोलीले छाडिएको गाँजा नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रिया अघि बढाएको जनाएको छ।

सशस्त्र प्रहरी बल नेपाल नं. ७ गण हेडक्वार्टर सिरहाका गणपति एसपी सुमनजंग थापाका अनुसार सीमा क्षेत्रमा अवैध गतिविधि नियन्त्रण गर्न गस्ती तथा निगरानीलाई थप प्रभावकारी बनाइएको छ ।

प्रतिकृया दिनुहोस्