काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा एक हजार तिन सय रुपैयाँ घटेर प्रतितोला तिन लाख तिन हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख ५ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १० रुपैयाँ बढेर प्रतितोला ४ हजार ८ सय ५ रुपैयाँमा कारोबार भैरहेको छ ।