काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मुल्य घटेको छ भने चाँदीको मुल्य स्थिर छ । आज छापावाला सुन तोलामा २ हजार ४ सय रुपैयाँ घटेर प्रतितोला तिन लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आइतबार सुन प्रतितोला तिन लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी प्रतितोला ४ हजार ७ सय ८० रुपैयाँमा कारोबार भैरहेको छ ।