×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

खेलकुद

लिग २ क्रिकेटमा नेपालले ओमानसँग खेल्दै

लिग २ क्रिकेटमा नेपालले ओमानसँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा हुने खेल नेपाली समयअनुसार बिहान सवा ११ बजेदेखि सुरु हुनेछ ।

नेपालले आइतबार भएको पहिलो खेलमा क्यानडालाई पराजित गरेको थियो । त्यस खेलमा नेपालका ब्याटर रोहित पौडेलले शतक बनाएका थिए ।

त्यसअघि शुक्रबार भएको खेलमा ओमानले पनि क्यानडालाई पराजित गरेको थियो । ओमानको जितपछि नेपालको शीर्ष ४ मा पर्ने सम्भावना सकिएपनि नेपालको ध्यान अब ओडीआई स्टाटस बचाउनेतर्फ छ ।

लिग २ अंकतालिकामा नेपाल ३३ खेलबाट २६ अंकसहित छैटौं स्थानमा उक्लिएको छ भने क्यानडा ३४ खेलबाट २५ अंकसहित सातौंमा झरेको छ । ओमानको २९ खेलमा ३३ अंक छ ।

नेपाल शीर्ष ४ मा पर्ने सम्भावना सकिएसँगै अब एकदिवसीय विश्वकप छनोटको यात्रा तय गर्न प्लेअफ खेल्नुपर्ने हुन्छ । प्लेअफमा नेपालसँगै नामिबिया, क्यानडा र यूएई पनि हुनेछन् ।

लिग २ मा भने नेपाल अब पाँचौं वा छैटौंमध्ये एक स्थानमा रहेर टुङ्ग्याउन सक्छ । ओडीआई मान्यता जोगाउनेबारेमा आईसीसीको स्पष्ट प्रावधान आइसकेको छैन । छैटौं स्थानसम्म रहेमा सेफ ल्यान्डिङ हुने आकलन छ ।

प्रतिकृया दिनुहोस्