काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य बढेको छ । आज छापावाला सुन तोलामा १ हजार ७ सय रुपैयाँ बढेर प्रतितोला तिन लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला तिन लाख एक सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ८५ रुपैयाँ बढेर प्रतितोला ४ हजार ६ सय ८५ रुपैयाँमा कारोबार भैरहेको छ ।