काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा र नेता शेखर कोइरालाबीच भेटवार्ता भएको छ । जेनजी आन्दोलनपछि देउवा बस्दै आएका चुनदेवीस्थित निवासमा दुई नेताबीच भेटवार्ता भएको हो ।
नेता कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले नेताहरू बीच शुक्रबार भेटवार्ता भएको पुष्टि गरेका छन् । उनका अनुसार देउवा र कोइरालाबीच पार्टीमा देखिएको पछिल्लो विवादबारे छलफल भएको छ ।
‘पार्टी कसरी एकढिक्का बनाउने, कसरी पार्टीभित्रको समस्या कसरी मिलाउने भन्ने विषयमा कुराकानी भयो,’ थपलियाले भने ।