×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

जापानको पीआर त्यागिसकेको प्रस्तावित राजदूत थापाको प्रष्टीकरण

जापानको पीआर त्यागिसकेको प्रस्तावित राजदूत थापाको प्रष्टीकरण

काठमाडौं ।  जापानका लागि प्रस्तावित राजदूत जिज्ञानकुमार थापाले जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिएका छन् । संसदीय सुनुवाइमा उनले यस्तो बताएका हुन् । नेपाल जोड्न जापानमा रहँदा काम गरेको उनले सुनाए । ढाकाटोपी लगाएर कार्यक्रम चलाउने आदि गरेको उनको भनाइ छ ।

सन् २००० मा जापान गएको उल्लेख गर्दै उनले नेपाल चिनाउनका लागि यस्तो काम गर्ने गरेको बताए । पीआर त्यागेको विवरण जापानको इमिग्रेसनबाट नेपालको परराष्ट्र मन्त्रालयलाई प्राप्त भएको उनले बताए ।

‘देशकै लागि काम गर्न चाहेको र राजदूत बन्न अप्लाइ गरेको’ उनले बताए । थापाले पीआर लिएको र राजदूत हुन उनी अयोग्य रहेको भनेर उजुरी परेको थियो ।

पीआरबारे सांसदहरूले पनि प्रश्न गरे । जवाफमा उनले जापानमा आफ्ना श्रीमती र सन्तान नेपाली नागरिककै हैसियतमा रहेको बताए ।

प्रतिकृया दिनुहोस्