×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

मंसिर पहिलो हप्ता एमालेले राष्ट्रिय भेला गर्ने

मंसिर पहिलो हप्ता एमालेले राष्ट्रिय भेला गर्ने

काठमाडौं । नेकपा एमालेले आगामी मंसिर पहिलो हप्ता राष्ट्रिय भेला गर्ने निर्णय गरेको छ।

पार्टी सचिव महेश बस्नेतका अनुसार तल्लो तहको भेला सम्पन्न गरेर मंसिर पहिलो हप्ता राष्ट्रिय कार्यकर्ता भेला काठमाडौंमा गर्ने निर्णय आजको बैठकले गरेको छ।

‘मंसिर पहिलो साता राष्ट्रिय कार्यकर्ता भेलाको रुपमा हामी भेला गर्छौं,’ स्थायी कमिटी बैठकपछि उनले भने।

भेलामा पार्टीका प्रदेश पदाधिकारी, जिल्ला पदाधिकारी, पालिकाका अध्यक्ष, उपाध्यक्ष र जनप्रतिनिधिसहित सङ्घ, प्रदेश, पालिकाका जनप्रतिनिधि उपस्थित हुने बस्नेतको भनाइ छ।

मंसिर २६ गते वडा र पुस ४ गते पालिका अधिवेशन गर्ने निर्णय भएको उनले बताए। नगर र वडा अधिवेशनपछि प्रदेशस्तरीय भेला गर्ने निर्णय भएको बताए। बैठक भोलि पनि दिउँसो १ बजे बस्ने उनको भनाइ छ। आजको बैठकमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी पनि सहभागी थिइन्। उनले वरिष्ठ नेताको शपथ पनि लिइन्।
 

प्रतिकृया दिनुहोस्