काठमाडौं । सभापति गगन थापाको राजनीतिक प्रतिवेदन कांग्रेस केन्द्रीय समिति बैठकले पास गरेको छ । खुलामन्चमा बसेको केन्द्रीय समिति बैठकले प्रतिवेदन सर्वसम्मत पास गरेको सहमहामन्त्री कर्णबहादुर बुढाले जानकारी दिए ।
सो प्रतिवेदन आजैबाट सुरु हुने बन्दसत्रमा प्रस्तुत हुनेछ ।
आगामी चार वर्षका लागि कांग्रेसको राजनीतिक, वैचारिक, संगठनात्मक तथा आर्थिक कार्यदिशा प्रस्तुत गरिएको प्रतिवेदनमा विगतको आत्मसमीक्षादेखि सरकारलाई खबरदारी, निर्वाचनपूर्व गठबन्धन नगर्ने नीति, पार्टीको पुनर्संरचना, निजी क्षेत्रसँग सहकार्य, युवा सहभागिता र ‘समुन्नत नेपाल, सम्मानित नेपाली’को अवधारणासम्म समेटिएको छ।
सहमहामन्त्री कर्णबहादुर बुढाका अनुसार केन्द्रीय समिति बैठक खाना खानका लागि अहिले स्थगित गरिएको छ । खाना खाइसकेपछि बैठक जारी रहने उनले बताए ।