×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

तीन वटा संसदीय समितिको बैठक बस्दै

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको छ ।

बिहीबार उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति, कानुन, न्याय तथा अधिकार समिति र कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बस्न लागेको हो ।

उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बिहान १० बजे बस्ने भएको छ । बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुने छ ।

बिहान ९ बजे बस्ने कानुन, न्याय तथा अधिकार समितिको बैठकमा फैसला कार्यान्वयनको वर्तमान अवस्था, चुनौती र भावी कार्ययोजना सम्बन्धमा फैसला कार्यान्वयन निर्देशनालयसँग छलफल हुने कार्यसूची छ ।

कृषि तथा प्राकृतिक स्रोत समितिको बैठक बिहान ९ः३० बजे बस्ने भएकाने हो । बैठकमा जलवायुजन्य विपद्का कारण कृषि तथा प्राकृतिक स्रोतमा परेको असर र जलवायु अनुकूलन तथा जलवायु न्यायका लागि नेपालले अवलम्बन गर्नुपर्ने पहलहरू सम्बन्धमा छलफल हुने छ । 

 

प्रतिकृया दिनुहोस्