×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

‘देश उभो लाउने टोली’ भन्दै बालेनले सार्वजनिक गरे तीन जनाको तस्बिर

‘देश उभो लाउने टोली’ भन्दै बालेनले सार्वजनिक गरे तीन जनाको तस्बिर

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो मन्त्रिपरिषद्का दुई सदस्यहरूसँग जहाजमा उभिएको तस्वीर सार्वजनिक गरेका छन् । प्रधानमन्त्री शाहसँगै अर्थमन्त्री डा। स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनाल सँगै उभिएको तस्वीरमा देखिन्छ ।

जहाँ उनले क्याप्सन लेखेका छन्, ‘देश उँभो लाउने टोली ! निक्कै मिहिनेती मान्छेहरू !’ केहीबेरअघि उनले सञ्जालमा सार्वजनिक गरेको यो तस्वीर भारत भ्रमणका क्रममा जहाजमा खिचिएको तस्वीर हो ।

प्रधानमन्त्री शाहसँगै मन्त्रीहरू वाग्ले र खनाल भारत भ्रमणमा गएका थिए ।

शाहले यसअघि पनि अन्य दुई मन्त्रीहरू सुधन गुरुङ र सुनिल लम्सालसँग सँगै बसेको तस्वीर सार्वजनिक गर्दै ‘देश बनाउने टोली’ भन्दै लेखेका थिए ।
 

प्रतिकृया दिनुहोस्