×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

छठघाटमा पूजा सामग्री कुर्न बसेका वृद्धको शंकास्पद मृ*त्यु

छठघाटमा पूजा सामग्री कुर्न बसेका वृद्धको शंकास्पद मृ*त्यु

जनकपुरधाम । धनुषामा छटघाट कुरेर बसेका एक वृद्ध शंकास्पद अवस्थामा मृत फेला परेका छन् । गए राति छटघाट कुरेर बसेका शहीदनगर नगरपालिका-२ निवासी मनेजर भन्ने ६० वर्षीय रामजतन यादव छटघाटमा मृत फेला परेका हुन् ।

धनुषाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार मतौना गाउँदेखि पूर्वतर्फ निर्माण भएको शिव मन्दिरको प्राङ्गणस्थित छठघाटमा राति एक्लै पूजा सामग्री कुरेर बसेका उनको शंकास्पद मृत्यु भएको छ ।

यादवको गालामा चोटको निशान र रगत देखिएको उनले बताए । प्रहरी घटनास्थल पुगेर अनुसन्धान गरिरहेको डीएसपी खनालको भनाइ छ।


 

प्रतिकृया दिनुहोस्