×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

कांग्रेस महाधिवेशन : उम्मेदवारविरुद्ध दाबी-विरोध सुरु

कांग्रेस महाधिवेशन : उम्मेदवारविरुद्ध दाबी-विरोध सुरु

काठमाडौं । नेपाली कांग्रेसको१५औं महाधिवेशनमा पदाधिकारीलगायत विभिन्न पदका उम्मेदवार्को दाबी विरोध सुरु भएको छ । निर्वाचन समितिले आज बिहानै प्रारम्भिक नामावली सार्वजनिक गरिएका उम्मेदवारविरुद्ध दाबी विरोध सुरु भएको हो ।

यो महाधिवेशनबाट सभापति १, वरिष्ठ उपसभापति एक सहित चार उपसभापति, महामन्त्री ३, सहमहामन्त्री १५, कोषाध्यक्ष १ गरी २४ जना पदाधिकारी चयन हुँदैछन् ।

यस्तै, सहमहामन्त्रीमा चार जना र कोषाध्यक्ष एक जना सभापतिले मनोनीत गर्ने व्यवस्था छ । त्यस अनुसार निर्वाचित हुने पदाधिकारी संख्या १९ जनाको हुनेछ ।

निर्वाचन समितिले सार्वजनिक गरेको सूची अनुसार १९ जना पदाधिकारीका लागि ७९ जनाको उम्मेदवारी परेको छ । सभापतिका लागि तीन जनाको उम्मेवारी परेको छ । सभापति पदमा सभापति गगन थापा, पूर्व सहमहामन्त्री किशोरसिंह राठोर र श्यामकृष्ण खड्गीको सभापति पदमा उम्मेदवारी परेको छ ।

वरिष्ठ उपसभापति १, समावेशी अनुसार महिला उपसभापति (१) खुलातर्फ उपसभापति (२) हुने विधानको व्यवस्था छ । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्माको एकल उम्मदेवारी परेको छ । साथै उपसभापति पदमा महिला क्लस्टरमा पुष्पा भुसालको पनि एकल उम्मेदवारी परेको छ । शर्मा र भुसाल दुबै जना हाल उपसभापति पदमा छन् ।

दाबी विरोधको समय मध्याह्न १२ बजेसम्मका लागि तोकिएको छ ।

प्रतिकृया दिनुहोस्