×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

उदयपुरमा जिप दुर्घटना, १५ जना घाइते

उदयपुरमा जिप दुर्घटना, १५ जना घाइते

काठमाडौं । उदयपुरको कटारी नगरपालिका–४, मरुवास्थित सिद्धिचरण राजमार्गमा सोमबार बिहान जिप दुर्घटना हुँदा १५ जना घाइते भएका छन्।

प्र.३–०१–०२३ च ६५०६ नम्बरको जिप ब्रेक फेल भई सडकबाट करिब १० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी घाइते भएकाहरूको उद्धार गरी उपचारका लागि कटारी अस्पताल पठाइएको छ ।

प्रहरीका अनुसार घाइतेमध्ये उदयपुरको कटारी नगरपालिका-२ का ७१ वर्षीय रामबहादुर मगरलाई भने थप उपचारका लागि विराटनगर पठाइएको छ ।

दुर्घटनामा परी कटारी नगरपालिका-११ का २९ वर्षीय निर्पबहादुर खड्का सामान्य घाइते भएका छन् । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस्