×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

कान्ति लोकपथ आजदेखि एकतर्फी सञ्चालनमा

कान्ति लोकपथ आजदेखि एकतर्फी सञ्चालनमा

काठमाडौं । अविरल वर्षाका कारण पहिरो जाँदा विगत केही दिनदेखि पूर्णरूपमा ठप्प रहेको कान्ति लोकपथ आजदेखि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । असोज ८ गतेदेखि ११ गतेसम्म परेको भारी वर्षाले सडकका विभिन्न खण्डमा क्षति पुर्‍याएपछि यातायात सेवा अवरुद्ध हुन पुगेको थियो ।

असोज महिनाको दोस्रो साता परेको वर्षाका कारण कान्ति लोकपथका विभिन्न स्थानमा ठूला पहिरो गएका थिए । पहिरोले सडक अवरुद्ध हुँदा काठमाडौँ र हेटौँडा जोड्ने यो छोटो मार्ग भएर यात्रा गर्ने यात्रुहरू र सवारी साधनहरू प्रत्यक्ष प्रभावित बनेका थिए ।

सडक अवरुद्ध भएलगत्तै सडक डिभिजन कार्यालयले प्राविधिक टोली र उपकरण परिचालन गरी पहिरो पन्छाउने काम सुरु गरेको थियो । लामो समयको प्रयासपछि पहिरो पन्छाई सडकलाई यातायात सञ्चालन योग्य बनाइएको हो । हालका लागि उक्त सडक खण्डमा एकतर्फी सवारी आवागमन खुला गरिएको  छ ।

यद्यपि, निरन्तरको वर्षाका कारण सडकका विभिन्न भाग अझै पनि जोखिमपूर्ण अवस्थामा रहेकाले यात्रा गर्दा उच्च सावधानी अपनाउन सम्बन्धित निकायले अनुरोध गरेको छ । सडकको पूर्ण क्षमतामा दुईतर्फी यातायात सञ्चालनका लागि भने थप मर्मत सम्भारको काम भइरहेको छ ।

प्रतिकृया दिनुहोस्