×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

अस्थायी आवासमा बस्न नचाहने बाढीपीडित परिवारलाई सरकारले १५ हजार उपलब्ध गराउने

अस्थायी आवासमा बस्न नचाहने बाढीपीडित परिवारलाई सरकारले १५ हजार उपलब्ध गराउने

काठमाडौं । रसुवाको भोटेकोशी बाढीबाट विस्थापित भएकाहरूलाई सरकारले सहायता रकम उपलब्ध गराउने भएको छ । एक मन्त्रीले दिएको जानकारी अनुसार मन्त्रिपरिषद् बैठकले बाढीबाट विस्थापितहरूलाई रकम उपलब्ध गराउने निर्णय गरेको हो ।

‘अस्थायी आवासमा बस्न नचाहनेहरू हुनुहुन्छ, उहाँहरूलाई प्रतिपरिवार १५ हजार उपलब्ध गराउने निर्णय भएको छ,’ ती मन्त्रीले भने ।

राष्ट्रिय विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो तथ्यांक अनुसार बाढीबाट मृत्यु हुनेहरूको संख्या हालसम्म एक हजार ३८५ पुगेको छ ।

यस्तै, सम्पर्कविहीनको संख्या ५ हजार १३० रहेको छ ।

३७ वटा होल्डिङ सेन्टरमा विस्थापितहरूलाई राखिएको छ । नुवाकोटमा २ हजार ६१५, रसुवामा ७७५ र धादिङमा २९५ जना होल्डिङ सेन्टरमा छन् ।

प्रतिकृया दिनुहोस्