×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

तातोपानी नाका आजदेखि ३ दिन खुल्ने

तातोपानी नाका आजदेखि ३ दिन खुल्ने

काठमाडौं । चीनसँग सिमाना जोडिएको तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले आज कात्तिक १ गतेदेखि ३ गतेसम्म नाका खुल्ने जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार मालवाहक सवारीसाधनलाई मात्र उक्त नाकाबाट आवतजावतको अनुमति दिइएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपक कुमार साहका अनुसार चिनियाँ पक्षले नेपाली पक्षको आग्रहलाई सम्बोधन गर्दै नाका अस्थायी रूपमा खोल्ने निर्णय गरेको हो ।

यसले नेपाल–चीन व्यापारिक आवागमनलाई सहजीकरण गर्नुका साथै चाडपर्वका बेला आपूर्ति व्यवस्थापनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

प्रतिकृया दिनुहोस्