×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

धनकुटामा जिप दुर्घटना, एक जनाको मृत्यु

धनकुटामा जिप दुर्घटना, एक जनाको मृत्यु

धनकुटा । धनकुटाको तांखुवाबाट धरान जाँदै गरेको जिप दुर्घटनामा परेको छ । को १ ज २४९४ नम्बरको जिप धनकुटाको छथर जोरपाटी गाउँपालिका(३ बञ्चरेमा अनियन्त्रित भई आइतबार बिहान दुर्घटना भएको हो ।

धनकुटाका प्रहरी नायव उपरीक्षक हेमन्त भण्डारी क्षेत्रीका अनुसार दुर्घटनामा परी १ जनाको घटनास्थलमै मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन ।

उनका अनुसार ११ जना सवार जिपमा अन्य केही घाइते भएको र दुर्घटनाको जानकारी पाउना साथ प्रहरी टोली घटनास्थल पुगेको छ । थप विवरण आउन बाँकी छ ।

सडक अफ्ठ्यारो भएका कारण अनियन्त्रित भएर जिप दुर्घटनामा परेको हुन सक्ने उनले बताए । जिप सडकभन्दा करिब १ सय मिटर तल खसेको छ ।

प्रतिकृया दिनुहोस्