×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

समाचार

त्रिशूलीमा आएको बाढीले चरौँदी झोलुङ्‍गे पुल बगायो

त्रिशूलीमा आएको बाढीले चरौँदी झोलुङ्‍गे पुल बगायो

काठमाडौं । त्रिशूली नदीमा आएको बाढीले चरौँदीमा रहेको झोलुङ्गे पुल बगाएको छ । सोमबार बिहान त्रिशूली नदीमा आएको ठूलो बाढीले गोरखाको गण्डकी गाउँपालिका र धादिङको बेनीघाट रोराङ गाउँपालिका जोड्ने चरौँदी झोलुङ्गे पुल बगाएको हो ।

जिल्ला प्रहरी कार्यालय धादिङका अनुसार बिहान आएको बाढीले उक्त झोलुङ्गे पुल चुँडालेर  क्षति पुर्‍याएको जनाएको छ । बाढीले त्रिशूली नदीमाथि बनेको धवादीस्थित अर्को झोलुङ्गे पुलमा पनि झति पुर्‍याएको छ ।

बाढीको तीव्रताका कारण झोलुङ्गे पुल बगाउने अवस्थामा पुगेको गण्डकी गाउँपालिकाकी उपाध्यक्ष ललिता अधिकारीले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस्