×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

जसपा नेपालका चार नेताले दिए राजीनामा

जसपा नेपालका चार नेताले दिए राजीनामा

काठमाडौं । जसपा नेपालका चार नेताले पार्टी परित्याग गरेका छन् ।

उनीहरुले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल परित्याग गर्नेहरुमा पूर्वसांसद इन्दु कुमारी शर्मा, केन्द्रीय सल्लाहकार सदस्य मो। युसुफ साफी, केन्द्रीय निर्वाचन आयोग तथा कानुन विभाग सदस्य घणश्याम शर्मा, र पुष्पराज चमन छन् ।

उनीहरुले आज जारीको संयुक्त विज्ञप्तिमा जसपा नेपालको साधारण सदस्य समेत नरहने गरी सम्पूर्ण जिम्मेवारीबाट राजीनामा गरेको उल्लेख छ । साथै अबदेखि ‘हुंकार मधेश’ नामको अभियानबाट राजनीतिक यात्रा अगाडि बढाउने उनीहरुले जनाएका छन् ।

यसअघि राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झासहित नौ जना केन्द्रीय नेताहरुले पार्टी परित्याग गरी यही असोज ९ गते काठमाडौंमा ‘हुंकार मधेश’ नामक नयाँ राजनीतिक अभियान सुरु भएको घोषणा गरेका थिए ।

 

 

प्रतिकृया दिनुहोस्