काठमाडौं, ११ कात्तिक। उज्यालो नेपाल पार्टीका अध्यक्ष एवं पूर्वमन्त्री कुलमान घिसिङले परम्परागत राजनीतिक दल र नयाँ भनिएका शक्तिहरूबाट जनअपेक्षाअनुसार परिणाम प्राप्त हुन नसकेको दाबी गर्दै उज्यालो नेपाल पार्टीलाई मुलुकको वैकल्पिक राजनीतिक शक्तिका रूपमा अघि बढाउने बताएका छन्। उनले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग भएको एकता एकतर्फी रूपमा भङ्ग गरिएको आरोप लगाउँदै त्यसलाई राजनीतिक बेइमानीको संज्ञा दिएका छन्। साथै, वर्तमान सरकारको कार्यशैली नसच्चिए जनताका मुद्दा लिएर सडकमा उत्रिने चेतावनीसमेत दिएका छन्।
बुधबार नागरिक न्युजको डिजिटल संवाद कार्यक्रम ‘नागरिक फ्रन्टलाइन’ मा नागरिक दैनिकका सम्पादक बालकृष्ण अधिकारीसँगको कुराकानीमा घिसिङले पार्टीको आगामी राजनीतिक दिशा, रास्वपासँगको एकता भङ्ग हुनुको कारण, सरकारको कार्यसम्पादन, सम्भावित राजनीतिक सहकार्य र उज्यालो नेपाल पार्टीको आर्थिक विकासको खाकाबारे धारणा सार्वजनिक गरेका हुन्।
रास्वपासँगको एकता भङ्ग हुनु राजनीतिक बेइमानी : घिसिङ
घिसिङले निर्वाचनअघि उज्यालो नेपाल पार्टी, रास्वपा र जेनजी समूहबीच भएको एकताको सहमति रास्वपा नेतृत्वले एकतर्फी रूपमा भङ्ग गरेको आरोप लगाए। उनका अनुसार तीन पक्षबीच सहमति भएपछि त्यसमा देखिएका असहमति पनि सामूहिक छलफलबाट समाधान गर्नुपर्ने थियो।
उनले आफूले कुनै ठूलो पदको माग नगरेको र आवश्यक परे साधारण सदस्य भएर बस्नसमेत तयार रहेको स्पष्ट पारे। पार्टीका समानुपातिक उम्मेदवारको सूचीसमेत त्याग गरेर एकतामा सहभागी भएको उल्लेख गर्दै उनले पदको लोभका कारण आफू अलग भएको भन्ने प्रचार गलत भएको दाबी गरे।
घिसिङले सहमति भङ्ग हुनुको स्पष्ट कारण अहिलेसम्म नदिइएको भन्दै त्यसलाई राजनीतिक बेइमानीको संज्ञा दिए। यद्यपि, भविष्यमा राष्ट्रिय हित, सुशासन र परिणाममुखी कामका पक्षधर शक्तिहरूसँग सहकार्यको सम्भावना भने खुला रहने उनको भनाइ छ।
‘अबको विकल्प उज्यालो नेपाल पार्टी’
घिसिङले उज्यालो नेपाल पार्टी छोटो समयमै जनताको उल्लेखनीय समर्थन प्राप्त गर्न सफल भएको दाबी गर्दै आगामी निर्वाचनमा पार्टीको जनमत उल्लेख्य रूपमा वृद्धि हुने विश्वास व्यक्त गरे।
पार्टी स्थापना भएको एक महिनामै चुनावी प्रतिस्पर्धामा उत्रिँदा समानुपातिकतर्फ करिब दुई लाख मत प्राप्त हुनुलाई उनले जनताको विश्वासको आधारका रूपमा प्रस्तुत गरे। अब उक्त जनमतलाई १० देखि २० गुणासम्म वृद्धि गर्ने लक्ष्यसहित देशव्यापी संगठन विस्तार भइरहेको उनले बताए।
हालै गृहजिल्ला रामेछापका विभिन्न स्थानीय तहको भ्रमण गरेको उल्लेख गर्दै घिसिङले पार्टीको संगठन वडा तहसम्म विस्तार भइरहेको जानकारी दिए। आगामी स्थानीय तह निर्वाचनमा रामेछापका आठवटै पालिकामा विजय हासिल गर्ने लक्ष्यसहित पार्टीले रणनीतिक तयारी गरिरहेको उनको भनाइ छ।
उनले राजनीतिक नेतृत्व आन्दोलन र भीड परिचालनमा सीमित हुन नहुने भन्दै आर्थिक रूपान्तरण, विकास व्यवस्थापन र प्रभावकारी सेवा प्रवाहलाई राजनीतिको मुख्य प्राथमिकता बनाउनुपर्नेमा जोड दिए।
बालेन सरकारलाई सहयोग गर्न तयार, सहकार्यको ढोका खुला
प्रधानमन्त्री बालेन्द्र शाहसँग आफ्नो संवाद र भेटघाट भएको जानकारी दिँदै घिसिङले सरकार सञ्चालन तथा विकास निर्माणका विषयमा सुझाव दिएको बताए। वर्तमान सरकार सफल हुनुपर्ने आफ्नो धारणा रहेको उल्लेख गर्दै उनले आफ्नो विज्ञता र अनुभवका आधारमा आवश्यक सहयोग गर्न तयार रहेको स्पष्ट पारे।
रास्वपासँग तत्काल पार्टी एकता गर्ने कुनै तयारी नरहेको बताए पनि राजनीतिमा सम्भावनाहरू सधैँ खुला रहने उनको भनाइ छ। सही समयमा राष्ट्रिय हित र परिणाममुखी कामका लागि उपयुक्त व्यक्तिहरूको टोली निर्माण भए सहकार्य गर्न सकिने उनले संकेत गरे।
घिसिङले रास्वपाभित्र आन्तरिक मतभेद र समस्याहरू रहेको दाबी गर्दै आगामी राजनीतिक परिस्थितिले नयाँ सम्भावना सिर्जना गर्न सक्ने बताए। तर, अहिले आफ्नो मुख्य प्राथमिकता उज्यालो नेपाल पार्टीलाई देशव्यापी रूपमा सुदृढ बनाउनु रहेको उनले स्पष्ट पारे।
दुई तिहाइको सरकारप्रति असन्तुष्टि, नसच्चिए सडक आन्दोलन
रास्वपा नेतृत्वको वर्तमान सरकारसँग संसद्मा स्पष्ट बहुमत र निर्णय गर्ने अनुकूल अवस्था हुँदाहुँदै पनि जनताले अपेक्षा गरेअनुसार परिणाम प्राप्त गर्न नसकेको घिसिङको आरोप छ।
उनले बजारमा महँगी बढेको, किसानले समयमै मल नपाएको, सार्वजनिक सेवा प्रवाह कमजोर भएको तथा युवामा निराशा बढिरहेको विषय उठाए। सरकारको नियतमाथि मात्रै प्रश्न उठाउनुभन्दा पनि नेतृत्वको निर्णय क्षमता, प्रशासनिक अनुभव र सामूहिक कार्यसम्पादनमा सुधार आवश्यक रहेको उनले बताए।
कर्मचारीतन्त्रलाई विश्वासमा नलिई प्रशासन सञ्चालन गर्न खोज्दा निर्णय प्रक्रिया प्रभावित हुने उल्लेख गर्दै उनले सरकारी कामकारबाहीलाई चुस्त, प्रभावकारी र परिणाममुखी बनाउनुपर्नेमा जोड दिए।
घिसिङले स्थानीय तहलाई गैरदलीय बनाउने तथा विदेशमा रहेका नेपाली नागरिकलाई मतदानको अधिकार सुनिश्चित गर्ने विषयमा रास्वपाले निर्वाचनअघि गरेको प्रतिबद्धता कार्यान्वयन नभएको आरोपसमेत लगाए। संसद्मा दुई तिहाइको समर्थन हुँदाहुँदै पनि जनतासँग गरिएका वाचा पूरा हुन नसकेको भन्दै उनले सरकारको जवाफदेहितामाथि प्रश्न उठाए।
सरकारले तत्काल आफ्नो कार्यशैलीको समीक्षा गरी जनताका आधारभूत समस्याको समाधानमा ध्यान दिनुपर्ने उनको माग छ। अन्यथा जनताका मुद्दा उठाउँदै रचनात्मक दबाब सिर्जना गर्न उज्यालो नेपाल पार्टी सडकमा उत्रिने उनले चेतावनी दिए।
विद्युत् बक्यौता, भ्याट र बाढीपीडितका मुद्दा उठाए
घिसिङले डेडिकेटेड तथा ट्रंक लाइन प्रयोग गरेका उद्योगीबाट उठाउनुपर्ने विद्युत् बक्यौताको विषयमा सरकार गम्भीर हुनुपर्ने बताए। ठूला उद्योगबाट बक्यौता उठाउन ढिलाइ भइरहेको आरोप लगाउँदै उनले सर्वसाधारणले विद्युत् उपभोगमा तिर्नुपर्ने १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को विषयसमेत उठाए।
त्यस्तै, भोटेकोशी बाढीबाट प्रभावित नागरिकले आवश्यक राहतसमेत नपाएको भन्दै उनले विपद्पीडितको पुनःस्थापना र राहत वितरणलाई सरकारले प्राथमिकतामा राख्नुपर्ने बताए।
उनका अनुसार सुशासनको वास्तविक परीक्षण नागरिकले दैनिक जीवनमा पाउने सेवा, राहत, रोजगारी र आर्थिक अवसरबाट हुन्छ। त्यसैले सरकारले भाषणभन्दा परिणाममा केन्द्रित हुनुपर्ने उनको जोड छ।
‘हरित क्रान्ति’ मार्फत आर्थिक रूपान्तरणको लक्ष्य
उज्यालो नेपाल पार्टीसँग देशको आर्थिक तथा सामाजिक रूपान्तरणका लागि स्पष्ट वैचारिक र आर्थिक रोडम्याप रहेको दाबी गर्दै घिसिङले ‘हरित क्रान्ति’ लाई समृद्ध नेपालको आधारका रूपमा अघि सारे।
जलविद्युत्, कृषि, पर्यटन र प्रविधिलाई एकीकृत गरी उत्पादन, रोजगारी र लगानी विस्तार गर्नुपर्ने उनको धारणा छ। मुलुकमा वार्षिक २० देखि ३० खर्ब रुपैयाँ बराबरको पुँजीगत खर्च प्रभावकारी रूपमा परिचालन गर्न सक्ने वातावरण निर्माण नगरेसम्म अपेक्षित आर्थिक विकास सम्भव नहुने उनले बताए।
घिसिङले विकासलाई राजनीतिक नारामा सीमित नराखी उत्पादन वृद्धि, रोजगारी सिर्जना, लगानीमैत्री वातावरण र सार्वजनिक संस्थाको प्रभावकारी व्यवस्थापनसँग जोड्नुपर्नेमा जोड दिए।
विद्युत् प्राधिकरणको नेतृत्व गर्दा लोडसेडिङ अन्त्य र संस्थाको आर्थिक सुधारमा काम गरेको अनुभव उल्लेख गर्दै उनले प्रशासनिक दक्षता र विकास व्यवस्थापनको अनुभवलाई राजनीतिक नेतृत्वसँग जोड्नु आवश्यक रहेको बताए।
सुशासन, समृद्धि र सामाजिक न्यायलाई प्राथमिकता
घिसिङका पछिल्ला अभिव्यक्तिले उज्यालो नेपाल पार्टीको आगामी राजनीतिक कार्यदिशा संगठन विस्तार, आर्थिक रूपान्तरण, सुशासन र जनसरोकारका मुद्दामा केन्द्रित हुने संकेत गरेका छन्।
पार्टीले ‘हरित क्रान्ति’ मार्फत ऊर्जा, कृषि, उद्योग, पर्यटन र प्रविधिको विकासलाई प्राथमिकता दिने तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने लक्ष्य अघि सारेको छ। त्यस्तै, जनतासँग गरिएका राजनीतिक प्रतिबद्धता कार्यान्वयन, राज्यका निकायमा जवाफदेहिता र सामाजिक न्याय सुनिश्चित गर्नु आवश्यक रहेको पार्टी अध्यक्षको धारणा छ।
रास्वपासँगको एकता भङ्ग भएपछि उज्यालो नेपाल पार्टीले आफ्नै राजनीतिक पहिचान, संगठन र विकासको अवधारणालाई बलियो बनाउने रणनीति लिएको देखिन्छ। आगामी स्थानीय तह तथा अन्य निर्वाचनमा पार्टीले प्राप्त गर्ने जनसमर्थन र संगठन विस्तारको प्रभावले यसको राजनीतिक हैसियत निर्धारण गर्नेछ।
घिसिङको सन्देश स्पष्ट छ—राजनीति पद र सत्ताको प्रतिस्पर्धामा मात्र सीमित हुनु हुँदैनस जनताले अनुभूति गर्ने विकास, सुशासन, आर्थिक समृद्धि र सामाजिक न्यायको परिणाम दिन सक्नुपर्छ।