काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ११०० रुपैयाँ घटेर प्रतितोला दुई लाख ६९ हजार एक सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ७० हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा ८० रुपैयाँ घटेर प्रतितोला ३ हजार ५ सय २० रुपैयाँमा कारोबार भैरहेको छ ।