काठमाडौं । सोमबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा ५ हजार रुपैयाँ घटेर प्रतितोला दुई लाख ९४ हजार ३ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९९ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १४५ रुपैयाँ घटेर प्रतितोला ४ हजार ५ सय १० रुपैयाँमा कारोबार भैरहेको छ ।