काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । आज छापावाला सुन तोलामा २ हजार ७ सय रुपैयाँ घटेर प्रतितोला दुई लाख ८९ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन प्रतितोला दुई लाख ९२ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी तोलामा १०० रुपैयाँँ घटेर प्रतितोला ४ हजार २ सय ५५ रुपैयाँमा कारोबार भैरहेको छ ।