काठमाडौं । नेपाली सेनाले गोरखाको बूढीगण्डकी नदीमा आएको बाढीका कारण जोखिममा परेका ३६ जनाको उद्धार गरेको छ ।
नेपाली सेनाका अनुसार बाढी प्रभावित जगत इलाकाबाट ६ जना, न्याक्फेदीबाट ९ जना, यारुबाट १ शिशु तथा १ विदेशीसहित ९ जना र पायुबाट १२ जना गरी हालसम्म ३६ जनाको उद्धार गरिएको छ।
खोजी तथा उद्धारका लागि ४ वटा हेलिकोप्टर तथा स्थलमार्गबाट पनि नेपाली सेनाको टोली परिचालन भएको सेनाले जनाएको छ । सेनाका अनुसार अन्य सुरक्षा निकाय तथा सरकारवालाहरूसँगको समन्वयमा थप खोज तथा उद्धार कार्य जारी रहेको छ ।