×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त

कर्णाली प्रदेशसभा सदस्य राजकुमार शर्मा पदमुक्त

काठमाडौं । कर्णाली प्रदेश सभा सदस्य राजकुमार शर्मालाई पदमुक्त गर्ने नेकपाको निर्णय सर्वोच्च अदालतले सदर गरेको छ। नेकपाले शर्मालाई पार्टीले कारबाही गरेको र पदमुक्त गर्न भन्दै प्रदेश सभालाई पत्र पठाएपछि शर्माले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट दिएका थिए।

आज सोमबार न्यायाधीशद्वय सारंगा सुवेदी र श्रीकान्त पौडेलको संयुक्त इजलासले शर्माको रिट खारेज गर्दै नेकपाको निर्णयलाई सदर गरेको हो।

यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले अन्तरिम आदेश जारी गर्द नेकपाको निर्णय तत्काल कार्यान्वयन नगर्न सांसदको रुपमा काम कारबाही गर्न दिन भनेको थियो।

२०७९ सालको प्रदेशसभा निर्वाचनमा शर्मा तत्कालीन नेकपा माओवादी केन्द्रबाट उम्मेदवार बनेर निर्वाचित भएका थिए। तर पार्टीबाट नेता जनार्दन शर्मा अलग हुँदा उनी पनि उतै लागेपछि कारबाहीमा परेका थिए।

नेकपाले उनलाई गत फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पार्टीको उम्मेदवारलाई हराउने गरी प्रगतिशील लोकतान्त्रिक पार्टीको उम्मेदवारको प्रचारप्रसारमा लागेको आरोप लगाउँदै कारबाही गरेको हो। उनी कर्णाली प्रदेशसभाका मुख्यमन्त्रीसमेत हुन्।

प्रतिकृया दिनुहोस्