×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

राजनीति

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र भारतीय विदेश सचिव मिश्रीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा काठमाडौं आएका भारतीय विदेश सचिव विक्रम मिश्रीले आजैदेखि भेटघाट थालेका छन् । काठमाडौं आएलगत्तै उनले परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेट गरेका छन् ।

परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्ध थप सुदृढ बनाउने लगायतका विषयमा कुराकानी भएको मन्त्री खनालको सचिवालयले जनाएको छ ।

‘भेटका क्रममा नेपाल र भारतबीचको बहुआयामिक साझेदारीलाई थप गहिरो बनाउने तथा दुई देशबीच रहिआएको ऐतिहासिक मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने विषयमा छलफल भएको छ,’ मन्त्रालयले भनेको छ ।

मन्त्रालयका अनुसार दुई पक्षबीच आपसी सम्बन्धका विविध पक्ष तथा द्विपक्षीय सहकार्यलाई थप विस्तार गर्ने विषयमा समेत कुराकानी भएको जनाइएको छ ।

प्रधानमन्त्री बालेन्द्र शाहको आसन्न भारत भ्रमणको तयारीको सिलसिलामा विदेश सचिव मिश्री आज बिहान काठमाडौं आएका छन् ।

प्रतिकृया दिनुहोस्