×
समाचार पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन कैरन नेपाल अर्थ समाचार

अर्थ/वाणिज्य

बजेट आकारलाई रेमिट्यान्सले उछिन्यो, एक वर्षमै भित्रियो २३ खर्ब ६३ अर्ब

बजेट आकारलाई रेमिट्यान्सले उछिन्यो, एक वर्षमै भित्रियो २३ खर्ब ६३ अर्ब

काठमाडौं । नेपालको कुल बजेटको आकारलाई रेमिट्यान्स (विप्रेषण) ले उछिनेको छ । नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८२र८३ को देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा यस्तो तथ्यांक छ ।

प्रतिवेदन अुनसार यस आवमा कुल २३ खर्ब ६३ अर्ब १३ करोड रुपैयाँ बराबर रेमिट्यान्स भित्रिएको छ । जुन ३७.१ प्रतिशत बढी हो । अघिल्लो वर्ष विप्रेषण आप्रवाह १९.२ प्रतिशतले वृद्धि भएकोमा यस वर्ष दोब्बर प्रतिशत बिन्दुले बढेको हो ।

राष्ट्र बैंकका अनुसार असार २०८३ मा मात्र २ खर्ब ४२ अर्ब ३३ करोड बराबर रेमिट्यान्स भित्रिएको छ । अघिल्लो वर्ष सोही महिना रेमिट्यान्स १ खर्ब ८९ अर्ब ११ करोडमात्र भित्रिएको थियो ।

नेपालले गत आव १९ खर्ब ६४ अर्ब रुपैयाँको बजेट कार्यान्वयन गरेको थियो । यस आधारमा नेपालको कुल बजेटलाई वैदेशिक रोजगारीमा रहेका नेपालीले पठाएको रेमिट्यान्सले उछिनेको हो ।

अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २८.१ प्रतिशत बढेर १६ अर्ब १९ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १६.३ प्रतिशत बढेको थियो ।

समीक्षा वर्षमा खुद द्वितीय आय २५ खर्ब ८१ अर्ब पुगेको छ । अघिल्लो आव १८ खर्ब ७४ अर्ब थियो ।

गत वर्ष संस्थागत र व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ४ लाख ६ हजार ५ सय १९ थियो । पुनस् श्रम स्वीकृति लिनेको संख्या ३ लाख ८५ हजार ७ सय ८३ थियो । अघिल्लो वर्ष क्रमश: ५ लाख ५ हजार ९ सय ५७ र ३ लाख ३३ हजार ३ सय ९ थियो ।

प्रतिकृया दिनुहोस्